सानिमा लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९८ प्रतिशतले वृद्धि

  २०७७ साउन २८ गते १२:०८     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ मा ८२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा ९८.४३ प्रतिशत अर्थात ४१ करोड १३ लाख रुपैयाँ बढी हो ।

अघिल्लो आर्थिक वर्षको सो अवधिमा इन्स्योरेन्सले ४१ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो ।

गत आर्थिक वर्षमा यस कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको देखिन्छ । जुन अघिल्लो वषको भन्दा कम हो । अघिल्लो वर्ष कम्पनीले ८ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा ८३ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले हालसम्म एक अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले २९ वटा दावी मार्फत एक करोड २० लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।

गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा रकम घटेर १२ करोड २० लाख रुपैयाँ छ । जीवन बीमा कोषको रकम बढेर ९५ करोड ८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २२ करोड २८ लाख रुपैयाँ रहेको थियो ।

3 comments on "सानिमा लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९८ प्रतिशतले वृद्धि"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.