२ सयभन्दा बढी संक्रमित भएका जिल्लाबाट काठमाडौं आउन नपाइने

  २०७७ साउन २७ गते १६:५९     विकासन्युज

काठमाडौं । सरकारले २ सयभन्दा बढी संक्रमित भएको जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न रोक लगाएको छ ।

सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा.युवराज खतिवडाले मंगलबार सरकारले  गरेका निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । उनले २ सयभन्दा बढी संक्रमित भएका जिल्लाबाट अत्यावश्यक काम बाहेकले आवतजावत गर्न नपाउने बताएका हुन् ।

उनले कोरोनाको संक्रमण बढ्दै गएकाेले त्यसकाे राेकथामका लागि यस्ताे कदम चालेकाे बताए ।  अत्यावश्यक काम भएपनि त्यहाँको स्थानीय तह अर्थात जिल्लाबाट स्वीकृती लिएर मात्र काठमाडौंमा प्रवेश गर्न पाउने उनकाे भनाई छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.