एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयर दिने, हकप्रद किन्नेले पनि पाउने

  २०७७ साउन २५ गते ११:४७     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साउन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि नेपाल वित्तीय विवरण प्रतिवेदन(एनएफआरएस) बमोजिम उक्त वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ७ करोड १७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

हकप्रद सेयर जारी गर्नु अघि कम्पनीकाे चुक्ता पुँजी ५१ कराेड २३ रूपैयाँ रहेकाे  थियाे । काेभिड १९काे महामारीबीच  जारी गरेकाे शतप्रतिशत हकप्रद सेयर बिक्री नभई बाँकी भएको सेयर लिलाम बढाबढ प्रकृयामा रहेको समेत गरी कम्पनीकाे चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ कायम रहेकाे छ ।

उक्त पुँजीकाे ७ प्रतिशत बाेनस सेयर सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेकाे हाे । उक्त प्रस्तावलाई बीमा समितिले पारित गरेसँगै कम्पनीका सेयरधनी लगायत हालै जारी गरिएकाे हकप्रद किन्नेले समेत साे मात्राकाे बाेनस सेयर पाउने कम्पनीले जनाएकाे छ ।

साथै, प्रस्तावित बोनस सेयरमा लाग्ने कर रकमका लागि ०.३७ प्रतिशतका दरले ३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांशबाट समायोजन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको खुद नाफा २० करोड २४ लाख १६ हजार एक सय ९५ रुपैयाँ रहेको छ । त्यसैगरी, एनएफआरएस बमोजिम कम्पनीको खुद नाफा २० करोड २४ लाख ३६ हजार ४ सय ५६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.