सेन्ट्रल फाईनान्सकाे एक्स्टेन्सन काउन्टर तथा एटीएम भक्तपुरको सल्लाघारीमा 

  २०७७ साउन २३ गते १७:५६     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाईनान्सले भक्तपुरको सल्लाघारीमा एक्सटेन्सन काउण्टर तथा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । कुपण्डोल, ललितपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको आफ्नै कर्पोरेट भवन निर्माणको अन्तिम चरणमा रहेको र छिटै आफ्नै भवनबाट वित्तीय कारोबार सञ्चालन गरिने संस्थाले जनाएको छ ।

संस्थाको काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान गरी १० वटा शाखा सञ्चालनमा रहेको छ ।

शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुंच बढाउने उद्देश्य अनुरुप धनुषाको जनकपुर र सर्लाहीको लालबन्दीमा थप शाखा र सिन्धुलीको डकाहामा एक्सटेन्सन काउण्टर खोल्ने प्रकृया अन्तिम चरणमा रहेको छ ।

बैंकिङ्ग सेवामा एटीएम सेवा, एसएमएस बैंकिङ्ग सेवा, ईसीसी सेवा, आईपीएस/कनेक्ट आईपीएस सेवा, विभिन्न विप्रेशन रेमिट्यान्स सेवा तथा सीआश्वा सेवा संचालनमा रहेको तथा मोबाइल बैंकिङ्ग सेवा छिट्टै संचालन गरिने छ । साथै व्यक्तिगत खाताको लागि ३ लाख रुपैयाँसम्मको निक्षेप बीमा गरिएको छ ।

यस वित्तीय संस्थाको चुक्ता पुँजी ८२ करोड ३४ लाख रुपैयाँ, निक्षेप ४ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ र कर्जा लगानी ३ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.