उपत्यकाका तीन सीडीओको निर्णय: १५ दिनसम्म अत्यावश्यक बाहेकको सेवा नदिने

  २०७७ साउन २३ गते १४:५०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।

काठमाडौं जिल्लाको तर्फबाट सीडीओ जनकराज दाहाल, भक्तपुरका सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायणप्रसाद भट्टसहित जिल्ला प्रशासन कार्यालयका उच्च अधिकारीहरुको बैठक बसेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको बताए । बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको उनले बताए ।

उनका अनुसार बढी संक्रमण देखिएका  ठाउँहरु सिल गर्नुका साथै सटडाउनसमेत गर्ने निर्णय भएको छ । अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्छ भन्ने छलफल भयो, यसका लागि कार्यालय प्रमुखले नै निर्णय गर्ने तय गरिएको छ, उनले भने ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

सिडिओ दाहालले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने बताइन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको बताए ।

‘बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय भएको छ,’ उनले भने ।

बैठकले बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै समाजिक दुरी र सुरक्षाका उपाय नपनाउनेहरुलाई कारवाही गर्ने पनि निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.