एनआरएन इन्फ्राइन्स्टक्चरकाे सेयर भर्ने दिन सकियाे, कति पर्याे आवेदन ? 

  २०७७ साउन २१ गते १८:५४     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा आवेदन दिने म्याद  आजबाट सकिएकाे छ । साउन १६ गतेदेखि आज अर्थात साउन २१ गतेसम्म जारी भएकाे उक्त सेयरमा कम्पनीले माग गरेकाेभन्दा ५.२४ गुणा बढी आवेदन परेकाे छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्ममा  ४ लाख २८ हजार एक सय ५३ जना आवेदकले एक कराेड ६५ लाख ६७ हजार ६ सय कित्ता सेयर माग गरेकाे छ । जबकी कम्पनीले ३१ लाख ६० हजार १ सय ८३ कित्ता सेयर साधारणमा निष्काशन गरेकाे थियाे ।

संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे ।

इच्छुक सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे ।

अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ ।

साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.