दुई साता लकडाउन गर्नुपर्ने विज्ञहरुकाे सुझाव, प्रधानमन्त्रीले जनाए सहमति

  २०७७ साउन २० गते १४:३७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले दुई साता लकडाउन गर्न सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तिमा २ साता लकडाउन गर्न सुझाव दिएका हुन् ।

स्राेतका अनुसार विज्ञहरुले ओलीलाई दुई हप्ता लकडाउन गर्न सुझाएका हुन् । यही तरिकाले अघि बढे झन ठूलाे जाेखिम हुने भन्दै उनीहरुले लकडाउन गर्न बाहेकाे विकल्प नभएकाे बताएका हुन् ।

स्राेतका अनुसार विज्ञहरुकाे याे सुझावमा ओली सहमत भएका छन् । ओलीले काेराेनाकाे जाेखिम झन बढ्दै गएकाेले सबैले मिलेर यसकाे न्यूनिकरण गर्नु पर्ने बताएका छन्  । उनले विज्ञहरुकाे सुझावलाई सकारात्मक रुपमा लिएकाे स्राेतकाे भनाई छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेका छन् ।

यस्तै बैठकमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिएका छन् । उनले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने रेमडिसिभर औषधिको आयातमा तदारुकता देखाउन, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । काठमाडौं उपत्यकामा पनि झन बढी जोखिम बढ्दै गएको छ । विभिन्न तह तप्काबाट पनि सरकारले फेरि लकडाउन गर्नु पर्ने आवाज उठिरहको छ । आज मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणहरुर्लाइ अनावश्यक रुपमा बाहिर हिडडुल नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भिडभाड नगर्न  आग्रह गरेकाे हाे । यसका साथै संक्रमितहरुकाे सम्पर्कमा गएकाहरुले नजिककाे स्वाव संकलन केन्द्रमा गएर स्वाव संकलन गराउन पनि मन्त्रालयले अनुराेध गरेकाे छ । यसरी दैनिक जाेखिम बढ्दै गएकाेले सरकारले पुन: लकडाउन गर्ने हाेकि भन्ने अनुमान पनि धेरैकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.