आज मन्त्रिपरिषद् बैठक बस्दै, के हाेला निर्णय ?

  २०७७ साउन १९ गते १६:२६     विकासन्युज

काठमाडाैं । आज बेलुका पाँच बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

आजको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।

बोर्डको सिइओका लागि अर्थमन्त्री डा‍. युवराज खतिवडा नेतृत्वको समितिले डा‍. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टको नाम सिफारीस गरेको छ । सिफरिस भएका ३ जना बाट सिइओ छनौट हुनेछन् ।

यी तीनमध्ये एकजनालाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.