पर्यटन बोर्डलाई कारबाही गरिँदै, सीईओ रेग्मी भन्छन्ः पूर्व सीईओले गल्ती गरे म पारदर्शी काम गर्दैछु

  २०७७ साउन १८ गते १४:५६     सन्ताेष राेकाया

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई कारबाही गर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डलाई कारबाही गर्न प्रस्ताव गरेसँगै मन्त्रालयले पनि बोर्डलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

महालेखा कार्यालयले बोर्डलाई आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण गराउन पटक–पटक पत्राचार गर्दा पनि कुनै प्रतिक्रिया नदिएको र आर्थिक वर्ष २०७५/७६ को पनि वित्तीय विवरण तथा कारोबारको लेखा पेश पनि नगरेको भन्दै कारबाहीका लागि महालेखाले मन्त्रालयलाई कारबाहीकाे प्रस्ताव गरेको हो ।

सोही प्रस्ताव अनुसार मन्त्रालयले बोर्डलाई कारबाहीको प्रक्रिया अगाडि सारेको हो । संस्कृति पर्यटन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईका अनुसार बोर्डलाई महालेखा परीक्षक कार्यालयबाट आएको प्रस्ताव र कानुनले तोके बमोजिम कारबाही हुनेछ ।

‘हामीले पनि महालेखा परीक्षक कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदन हेर्यौं, त्यसमा नेपाल पर्यटन बोर्डले लेखा परीक्षणका लागि कुनै पनि विवरण पठाएको रहेनछ, अब हामी कानुनले भने बमोजिमको कारबाहीका लागि अगाडि बढ्दैछौं, बोर्डलाई लेखा परीक्षण ऐन २०७५ को दफा २५ बमोजिम कारबाही हुनेछ,’ उनले विकासन्युज सँग भने ।

प्रतिवेदनमा लेखेर नै आइसकेपछि त्यसलाई कार्यान्वन गर्नु आफुहरुको कर्तव्य भएको उनको भनाई छ । महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमा बोर्डलाई महालेखा परीक्षण ऐन २०७५ को दफा २५ बमोजिम कारबाही गर्न उल्लेख गरेको छ ।

महालेखा परीक्षण ऐन २०७५ को दफा २५ मा उल्लेख भए अनुसार लेखा परीक्षण नगराउने, दफा ११० र ११ बमोजिम नियुक्त लेखा परीक्षकलाई वित्तीय विवरण तथा लेखा उपलब्ध नगराउने, दफा १२ अनुसार लेखासँग सम्बन्धित कागजात पेश नगर्ने, तत्सम्बन्धित सूचना तथा जानकारी नदिने, दफा २३ बमोजिमको ढाँचामा लेखा नराख्ने लेखा परीक्षण सम्बन्धिी काम कारबाहीमा बाधा विरोध गर्ने तथा ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लघंन गर्ने सम्बन्धित कामको जिम्मेवारी तोकिएको पदाधिकारी वा व्यक्तिलाई महालेखा परीक्षकले विभागिय कारबाही लगायतका प्रतलित कानुन बमोजिमको कारबाही गर्ने सम्बिन्धत निकायलाई लेखी पठाउन सक्ने उल्लेख गरेको छ ।

सीईओ रेग्मी भन्छन्ः पूर्व सीईओले गल्ति गरे म पारदर्शी काम गर्दैछु

नेपाल पर्यटजन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनन्जय रेग्मीले बोर्डले लेखा परीक्षण नगराउनु पूर्व सीइओहरुको गल्ति भएको बताएका छन् ।

पूर्व सीइओले कुनै पनि वित्तीय विवरणहरु महालेखा परीक्षकको कार्यालयलाई नपठाएको स्वीकार गर्दै उनले ती गल्तिहरुलाइ सच्याउँदै आफुले बोर्डको आर्थिक गतिविधिलाई पारदर्शी गराउन तर्फ लागेको उनले बताए ।

तपाईहरुले लेखा परीक्षण किन गराउनु भएन भन्ने विकासन्युजको प्रश्नमा रेग्मीले भने, ‘पूर्व सीईओसावले राम्रो गर्नु भएनछ, पहिला केके बारेमा मुद्दा मामिला चलेको रहेछ, मुद्दा मामिला भएको कारणले वित्तीय विवरण दिन सकिन्न भनेर दिनु भएनछ, त्यो गरेर उहाँहरुले गल्ति गर्नु भयो । दोस्रो गल्ति महालेखाले बोर्डर्लाइ पत्राचार गर्नुको साँटो मन्त्रायलाई पठाएछ, म्नत्रालयले पनि सही समयमा बोड्र्रलाई खबर गरेनछ, यो सबै कम्युनिकेसन ग्यापकाका कारण यो हुन सकेको होइन ।’

अब आफु सीईओ भएर आइसकेपछि यो सबै समस्या समाधान हुने उनको दावी छ । ‘सबै वित्तीय विवरण पारदर्शी हुनु पर्छ भनेर मैले भनेको छु, म आफै त्यसमा लागेको छु, केही फाइलहरु पठाइपनि सकेका छौं,’ उनले भने ।

बोर्डको सबै डकुमेन्ट महालेखालाई दिन तयार रहेको उनको भनाई छ । आगामी ५/६ महिनाभित्र एक रुपैयाँ पनि बाँकी नराखेर काम सकाउने उनले बताए ।

त्यसाे भए गल्ति पूर्व सीईओले गरे तपाई बिचमा बलिको बोको हुनु भएको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यसमा म किन पर्छु, यो कारबाहीको प्रक्रियामा धेरै संस्थाहरु पर्छन्, मैले पहिलेदेखिका चिठ्ठीहरु पढेँ, संस्था यहाँ चुकेको रहेछ भन्ने बुझेँ, म अलिकति व्यापार ब्याकग्राउण्डबाट आएको हुँ, सार्वजनिक संस्थाको पारदर्शीता भन्ने कुरा मैले राम्रोसँग बुझेको छु, त्यही अनुसार म अगाडि बढिरेहको छु,’ उनले भने ।

आफुले आर्थिक वर्ष २०७५/७६ को गरेर सकेको र २०७६/७७ को भइरहेको उनको भनाई छ । विगतमा भएका गल्तिलाई सुधार गर्दै अगाडि बढ्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.