सुनकाे मुल्य बढ्ने क्रम जारी, ताेलाकाे ९९ हजार ६ सय पुग्याे

  २०७७ साउन १८ गते ११:२१     विकासन्युज

काठमाडौं । सुनकाे मुल्य ९९ हजार ६ सय पुगेकाे छ । आईतबार ताेलाकाे ३ सयले बढेर प्रतितोला ९९ हजार ६ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे ।

शुक्रबार प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपैयाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.