रोजगारी सृजना गर्न परिसंघले अघि बढायो ‘मेक इन नेपाल’को अवधारणा

  २०७७ साउन १५ गते ११:०५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले थप रोजगारी सृजना गर्न ‘मेक इन नेपाल’को अवधारणा अघि बढाएको छ । अर्थतन्त्रलाई चलायमान बनाइ थप रोजगारी सृजना गर्न र स्वदेशी उत्पादनमा गौरव गर्दै यसको प्रवद्र्धन गर्नको लागि परिसंघले उक्त अवधारणालाई अघि बढाएको हो ।

बुधबार अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गर्दै परिसंघले यस अवधारणाले स्वदेशी वस्तुको माग बढाउन मद्दत गर्ने बताएको छ ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले आत्मनिर्भर हुन सक्ने उद्योगहरुको सम्बन्धमा परिसंघको धारणा राखेका थिए । त्यसैगरी, परिसंघले सरकारसँग सदैव सहकार्य गर्दै आइरहेकोले परिसंघले अनुसन्धान सेलको स्थापना गरी अनुसन्धानका कार्यहरु अगाडी बढाएकोले आगामी दिनमा सरकारलाई आवश्यक पर्ने उद्योग व्यवसाय क्षेत्रका अद्यावधिक तथ्यांकहरु उपलब्ध गराउन सहज हुने बताएका छन् ।

उद्योगी व्यवसायीहरुका मागहरुलाई धेरैहदसम्म सम्बोधन गरेको बताउँदै अर्थमन्त्री डा. खतिवडाले आगामी दिनमा पनि वास्तविक मागहरुलाई सम्बोधन गर्दै जाने बताए । हाल उद्योग सञ्चालनका लागि भारतबाट मात्र दक्ष जनशक्ति ल्याउन पाउने व्यवस्था भएकोमा क्रमशः त्यसलाई सहजिकरण गर्दै अन्य देशहरुबाट समेत ल्याउन पाउने व्यवस्थाको लागि पहल गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.