रिचार्ज र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न टेलिकमको नयाँ व्यवस्था, अब कसरी गर्ने ?

  २०७७ साउन १३ गते १८:२०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि यूएसएसडी कोड *४१२# प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएकाे छ ।

टेलिकमका अनुसार यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको टपअप(रिचार्ज) यूएसएसडी कोड प्रयोग गरी सजिलै गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यसैगरी, नयाँ सिम एक्टिभेट गर्न हाल १४१५ मा कल गरी फष्र्ट कल एक्टिभेसन(एफसीए) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *१४१४# डायल गरी एफसीए गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट मार्फत टपअप(रिचार्ज) गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको (रिचार्ज) समेत थप सहज रुपले गर्न सकिने कम्पनीको अपेक्षा रहेको छ ।

सम्बन्धित समाचारः
मोबाइलमा रिचार्ज गर्ने बित्तिकै सरकारले लिन थाल्यो २ प्रतिशत रकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.