अटोमेटिक ‘कन्टेन्ट फिल्टरीङ’को तयारीमा एनटीए, अब अश्लिल सामग्री अनलाइनमा राख्ने बित्तिकै हट्ने

  २०७७ साउन १३ गते १३:३१     नबिन पोखरेल

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष भित्रै अनाधिकृत कन्टेन्ट इन्टरनेटबाट चल्न नमिल्ने बनाउने भएको छ । प्राधिकरणका अनुसार अनलाइनमा तथा सामाजिक सञ्जालमा राखिने अनावश्यक तथा सामाजमा हानी पुर्याउने खालका विषयवस्तुहरु अटोमेटिक (आफै) रुपमा हट्ने गरी काम गरिरहेको हो ।

यसको लागि प्राधिकरण तीव्र तयारीमा जुटेको छ । मानिसहरुले विभिन्न अनलाइन माध्यम तथा सामाजिक सञ्जालमा राखिने अश्लिल विषयवस्तुहरुलाई अटोमेटिक रुपमा हट्ने गरी प्राधिकरणले काम गरिरहेको हो ।

नेपाल दुर संचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पोष्ट गरिने अश्लिल तस्वीर तथा विषयवस्तुहरु आफै हट्ने गरी त्यही किसिमले काम भइरहेको बताए ।

‘हामीले चालु आर्थिक वर्ष भित्रै अनाधिकृत कन्टेन्टहरु रोक्ने तयारी गरेका छौँ, सोही सुविधाका लागि कन्टेन्ट फिल्टरिङ सेवा हामीले सुचारु गर्दैछौँ,’ उनले भने ।

अहिले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमहरुमा धेरै अश्लिल तथा गलत सामग्रीहरु पोष्ट भइरेहका छन्, यसले समाजमा थप हानी नोक्सान पनि गरिरहेको छ, त्यसको प्रवृतिमा परिवर्तन ल्याउन हामीले कन्टेन्ट फिल्टरीङको योजना अगाडि बढाएका हौं, उनले भने ।

यसले आम सर्वसाधरणहरुमा थप सुरक्षा मिल्ने उनको भनाई छ । उनका अनुसार सेवा प्रदायक तथा सर्वसाधारणहरुसँग समन्वय गरेर अगाडि बढ्ने उनले बताए ।

प्राधिकरणले सर्वसाधारणले खोजेका कन्टेन्टहरु कानुनी आधारमा सहि भए मात्र चल्ने बनाउने उनको भनाई छ । प्रायेगकर्ताले अनलाइनमा खोजेपनि त्यस्त खालका अश्लिल सामग्री अनलाइनमा भेटिने छैन भने त्यस्ता सामग्री अनलाइन तथा सामाजिक सञ्जालमा पोष्ट भएपनि एनटीएले त्यसले समाज तथा व्यक्तिलाई पार्ने असरलाई यकिन गरेर साइटबाट हटाउन सक्ने वा साइट नै बन्द हुन बनाउन सक्नेछ ।

अब संवैधानिक तथा कानुनी रुपमा प्रवाह गर्न नपाउने भनि वञ्चित गरेका कन्टेन्टहरु कसैले चलाउन पाउने छैन भने अनलाइनमा पोष्ट गर्न पनि पाउने छैन । यदि पोष्ट गरिहाले भनेपनि तत्कालै त्यो सामग्री त्यहाँबाट हट्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.