तपाईको मोबाईल फोन हरायो ? दुरसंचार प्राधिकरणमा खबर गर्नुस्

  २०७७ साउन ५ गते १७:४०     विकासन्युज

काठमाडौ । नेपाल दुरसंचार प्राधिकरणले सर्वसाधारणहरुलाई लक्षित गर्दै ‘मोबाईल ट्रयाकिङ्ग’ सेवा ल्याएको छ । यस मोबाईल ट्रयाकिङ्ग सेवा मार्फत कसैको मोबाईल फोन हराएमा अब सहजै पत्ता लगाउन सकिनेछ ।

एकपटक चलाई सकेको फोनको रेकर्ड दुरसंचार प्राधिकरणमा बस्छ । यस्तै, (सेवा प्रदायक) दुरसंचार कम्पनीहरुमा समेत प्रयोग भएका फोनको रेकर्ड रहिरहन्छ ।

प्राधिकरणले मोबाईल फोनसेटको पहिचानको रुपमा हरेक मोबाईल फोनसेटमा रहेकाे इन्टरनेशनल मोबाईल इक्युइपमेन्ट आर्ईडेन्टिटी (आईएमईआई) बाट मोबाईलको पहिचान आफूहरुसँग रहने जनाएको छ ।

मोवाईल ट्रयाकिङ्ग सिस्टम मार्फत कसैले आफ्नो मोबाईल फोन हराएमा एनटीएलाई उजुरी गर्न सक्नेछन् । एनटीएले एक पटक प्रयोग भएको फोन अर्को पटक प्रयोग हुँदा सहजै पत्ता लाग्ने भन्दै कसैले हराएका फोन भेट्टाएमा तत्काल फिर्ता दिन सूचना जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.