सेयर बजारमा उछाल कायमै, दोश्रो पटक पनि लाग्यो सकारात्मक सर्किट

  २०७७ साउन ५ गते ११:२५     विकासन्युज


काठमाडौं । सेयर बजारमा उछाल कायमै रहेको छ । बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेर खुलेको बजारमा पुनः करिब एक मिनेटमा दोश्रो पटक सर्किट लागेको हो ।

बिहान ११ बजेर २१ मिनेट जाँदा नेप्से परिसूचक ५ प्रतिशतले बढेर १५५३ अंकमा पुगेको छ । जुन ७४ अंक बढी हो ।
यससँगै सेयर कारोबार ४० मिनेटको लागि बन्द भएको छ । र, सो अवधिपछि कारोबार पुनः सुचारु हुने छ ।

यसअवधिमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । ५ कम्पनी कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, प्राइम कमर्सियल बैंक र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित समाचारः

खुल्ने बित्तिकै सेयर बजारमा लाग्यो सर्किट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.