सीजी सिमेन्टमा लगानी गर्न सानिमा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित १० बै‌ंक जुटे

  २०७७ असार ३१ गते १५:००     विकासन्युज

काठमाडौं । सीजी सिमेन्टमा लगानी गर्न सानिमा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित १० बै‌ंक जुटेका छन् । सानिमा बैंकको अगुवाइ नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपालक्रेडिट एन्ड कमर्स बैंक र नेपाल एसबीआई बैंकको सहभागितामा सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पाका क्लिङ्कर क्षमता विस्तार गर्न २ अर्ब ३७ करोड ८० लाख गरी ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सहभागी बैंकहरुबीच पूरक सहवित्तीयकरण सम्झौता भएको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सह–अगुवा बैंककातर्फबाट नेपाल इन्फ्रास्ट्रक्च बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतको सहभागितामा ऋणी कम्पनीकातर्फबाट कम्पनीका अध्यक्ष निर्वाणकुमार चौधरी र अगुवा बैंककातर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.