प्राइम लाइफको साधारणसभा सम्पन्न, सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर

  २०७७ असार ३० गते १६:५०     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १२ औं वर्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कम्पनीले सो साधारणसभाबाट आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु पारित गरेको हो । कम्पनीको चुक्तापुँजी २ अर्ब ७९ लाख रहेको छ । चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।

कम्पनीले उक्त बोनश सेयर वितरण गरे पश्चात कम्पनीको चूक्तापूजी २ अर्ब २५ करोड रुपैयाँ पुग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.