खानेपानीको शुद्धता नाप्ने प्रयोगशाला स्थापना

  २०७७ असार ३० गते ८:५१     विकासन्युज

डडेल्धुरा । जिल्लाको अजयमेरु गाउँपालिकामा खानेपानीको शुद्धता परीक्षण गर्ने प्रयोगशाला स्थापना भएको छ ।

गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकामै प्रयोगशाला स्थापना भएकाले अब धनगढीलगायतका स्थानमा यहाँको खानेपानीको शुद्धता जाचँ गर्न पठाउनु पर्ने समस्या टरेको बताए ।

पानीमा धमिलोपन, रासायनिक पदार्थको मात्रा, दिसाजन्य पदार्थ भए नभएको र क्लोरिनको मात्रा प्रयोगशालामा जाँच गरिने छ । प्रयोगशालाको स्थापनाबाट दूषित खानेपानीका कारण बेलाबेलामा हुने झाडापखाला, आउँ र हैजाजस्ता रोगबाट बच्न सकिने गाउँपालिकाले जनाएको छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.