वोमी लघुवित्तको अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानद्वारा सपथ ग्रहण 

  २०७७ असार २८ गते १८:०१     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । नवनियुक्त अध्यक्ष प्रधानले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् ।

प्रधान २०७७ असार १९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरु मध्ये अध्यक्षका रुपमा सर्वसम्मत चयन भएकी थिईन् ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य अधिकृतहरु तथा वोमी लघुवित्तका सञ्चालक बिमला उपाध्याय घिमिरेको उपस्थिति रहेको थियो ।

वोमी लघुवित्तले नागरिक लघुवित्तलाई गाभेर मिति २०७६ मंसिर ३० गतेदेखि एकिकृत वित्तीय कारोवार शुरु भएको हो । दुई संस्था मर्जर पश्चातको उक्त आठौं साधारण सभा एकिकृत रुपमा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.