विश्वमा कोरोना संक्रमितको १ करोड २८ लाख नाघ्यो, उपचारपछि निको हुने ७४ लाख बढी

  २०७७ असार २८ गते ६:४२     विकासन्युज

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड २८ लाख ३९ हजार ५ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार आइतबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ६७ हजार ५ सय ७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोनाको उपचार पछि ७४ लाख ७७ हजारभन्दा बढी मानिस निको भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ३३ लाख ५५ हजार ६ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ४ सयभन्दा बढी रहेका छन् । उपचारपछि १४ लाख ९० हजारभन्दा बढी निको भइ घर फर्किएका छन् ।

अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१ हजार ४ सयभन्दा बढी रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ४० हजार ८ सयभन्दा बढी पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार नाघेको छ ।

उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ८ लाख ५० हजारभन्दा बढी संक्रमित छन् । २२ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ३६ हजारबढी उपचार पछि निको भएका छन् ।

त्यस्तै नेपालमा हालसम्म १६ हजार ७ सय १७ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार २ सय ३९ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.