आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ जारी गर्दै, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

  २०७७ असार २६ गते १७:५४     विकासन्युज


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । संस्थाले सिभिल क्यापिटल मार्केटमार्फत सो मात्रो सेयर बिक्री गर्ने अनुमति मागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.