शनिबार पनि सेवा दिँदै एनआईबीएल एस क्यापिटल

  २०७७ असार २६ गते १४:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल यो शनिबार (असार २७ गते) पनि खुल्ने भएको छ । उक्त क्यापिटलले अजोड इन्स्योरेन्सको सेयरमा लगानी गर्न इच्छुकको सहजताको लागि सो दिन पनि आफ्ना सेवाहरु खुल्ला गर्ने भएको हो ।

यस क्यापिटल हाल सेयर जारी गरिरहेको अजोड इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । असार २७ गते इन्स्योरेन्सको सेयर निष्काशन बन्द हुने अघिल्लो दिन हो । सो दिन बिहानको १० बजेदेखि दिनको एक बजेसम्म क्यापिटलले हितग्राही खाता खोल्ने, मेरो सेयरको नविकरण गर्ने लगायतका सेवा प्रदान गर्ने जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.