२०७७ असार २१ गते १७:५५ विकासन्युज
काठमाडौं । बैंकको सिष्टम ह्याक गरी बैंकको खातामा राख्नु पर्ने पैसा आफ्नै खातामा राख्ने नेपाल बैंकका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइराला विरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ ।
बैंकको डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ८४ हजार ४५ रुपैयाँ कायम हुने गरी आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय हुन तथा हानिनोक्सानी गरी खाई मासेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट असुल उपर गरी पाउन मागदाबी लिनका लागि विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको बताइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.