नेपालमा थप ७ सय ४० जनामा कोरोना पुष्टि, अहिलेसम्मकै उच्च

  २०७७ असार १९ गते १६:२०     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ७ सय ४० जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १५ हजार २ सय ५९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ६१ सय ४३ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३२ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म २ लाख ४२ हजार २ सय ४७ काे पिसिआर विधि र ३ लाख ६ सय २९ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।

हाल देशभर ३५ हजार ४ सय ७२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ८४ जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.