योेगेश भट्टराईको एक्सनः चालु आवको काम १५ दिन भित्र सक्नुपर्ने, कर्मचारी गयल भए कामबाटै हटाइने

  २०७७ असार १६ गते १५:५५     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो मन्त्रालयका कर्मचारीहरुसँग कडा रुपमा प्रस्तुत भएका छन् । उनी अहिले हरेक हप्ताको एक दिन मन्त्रालय मातहतका हरेक शाखामा गएर निरिक्षण गरिरहेका छन् ।

आज पनि उनले निरिक्षण गरेका छन् । उनले निरिक्षण गर्दै चालू आर्थिक वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिन भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

यस्तै, उनले सम्पूर्ण कर्मचारीलाई नियमित उपस्थित हुने ब्यवस्था मिलाउन र अनुपस्थित भएका कर्मचारीको पनि अनुपस्थित हुनुको कारण स्पष्ट सँग खुलाउन निर्देशन दिइएको बताइएको छ । बिना कारण अनुपस्थित हुने कर्मचारीलाई कामबाटै हटाउने यो भन्दा अगाडि नै बताइसकेका छन् ।

उनले आज सरकारले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नु भनेको निर्णय कार्यान्वयन गराउन र गर्न पनि निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.