दाङमा वडाध्यक्षमाथि कार्यालयमै कुटपिट

  २०७७ असार १६ गते १४:०७     विकासन्युज

काठमाडाैं । दाङको शान्तिनगर गाउँपालिकाका  नम्बर २ का वडाध्यक्षमाथि कार्यालयमै कुटपिट भएकाे छ ।

मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले रड र लाठी प्रहार गरेर फरार भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताएका छन् ।

हाल उनकाे तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको गाउँपालिकाका अध्यक्ष डाँगीले भने । १० जना जति समूहले कार्यालयमा प्रवेश गरी आक्रमण गरेको उनले जानकारी दिए ।

फर्साराम डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । कस्ले किन यस्ताे गर्याे भन्ने विषयमा खाेजी भइरहेकाे जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.