नेप्सेमा छायाे हरियाली, आधा घण्टामै ३२ अंकले बढ्यो परिसूचक

  २०७७ असार १६ गते ११:३९     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएकाे छ । कारोबार शुरु भएको आधा घण्टामा नेप्से परिसूचक ३२ अंकले उकालो लागेको छ ।

११ बजेर ३१ मिनेट जाँदा नेप्से परिसूचक ३२.२० अंकले बढेर एक हजार २ सय २० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.७१ प्रतिशत बढी हो ।

यो समाचार तयार पार्दासम्म बजारमा कूल एक सय कम्पनीको ८ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो अवधिसम्म एक लाख ५१ हजार ८ सय ३० कित्ता सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.