लकडाउन खुकुलो भएसँगै ६ गुणासम्मले बढ्यो बाइक र स्कुटरको व्यापार

  २०७७ असार १४ गते १९:१८     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्नको लागि सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन खुकुलो हुँदै जादा बाइक र स्कुटरको विक्री बढेको छ ।

सरकारले लकडाउन खुकुलो बनाउँदै गए पनि सार्वजनिक सवारी साधन अझै खुल्ला नगरेको र सार्वजनिक सवारी साधान खुल्ला भएपनि भीडभाडका कारण संक्रमण फैलिन सक्ने जोखिम बढी हुने भन्दै सर्वसाधारणले दुई पांग्रे सवारी साधनको खरिदलाई उच्च प्राथमिकतामा राखेका पाइएको छ ।

कोरोना महामारीको बीचमा दुइपांग्रे सवारी साधनको जुन स्तरको व्यापार भएको छ, त्यो उत्साहजनक नै रहेको यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजका मार्केटिङ हेड विक्रम पौडेलले बताए । सार्वजनिक सवारी साधान नखुलेको अवस्थामा आफ्नो पेशा व्यवसाय बचाइराख्न दुई पांग्रे सवारी साधन सस्तो र सहज हुने भएकोले यसको विक्री बढेको उनको भनाइ छ ।

सामान्य अवस्थाको तुलनामा लकडाउन खुकुलो भएसँगै मोटरसाइकल र स्कुटरको विक्री बढेको व्यापारीले बताएका छन् । सामान्य अवस्थामा दैनिक १५ देखि २० वटासम्म मोटरसाइकल तथा स्कुटर विक्री हुने गरेकोमा अहिले दैनिक ३५ देखि ४० वटासम्म विक्री भएको व्यापारीको भनाइ छ ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपाली विक्रेता जगदम्बा मोटर्सले दिएको जानकारी अनुसार खरिदमा वृद्धि आएको छ । सामान्य अवस्थामा दैनिक ३० वटाजति मोटरसाइकल र स्कुटर विक्री हुने गरेकोमा अहिले दैनिक ४० वटासम्म विक्री हुने गरेको कम्पनीका सेल्स हेड दिपक रौनियारले बताए ।

एन्टक सेरीजको रेएडीसन, एन्टक डिक्स र एन्टक ड्रम स्कुटरको माग प्रतिदिन ४० वटासम्म रहेको कम्पनीले जानकारी दिएको छ । टिभीएको बाईक मध्ये लकडाउनको समयमा सबैभन्दा धेरै अपाचे मोटरसाइकलको विक्री अधिक रहेको कम्पनीको भनाइ छ । सामान्य अवस्था दैनिक ४ देखि ५ वटा अपाचे मोटरसाइकल विक्री हुने गरेकोमा अहिले दैनिक २० देखि ३० वटासम्म विक्री भइरहेको कम्पनीको भनाइ छ ।

यस्तै, होन्डा ब्राण्डका मोटरसाइकल र स्कुटको विक्री पनि बढेको छ । होण्डाको डीयो स्कुटर नै कलडाउनको समयमा धेरै विक्री भएको सो ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता स्याकार कम्पनीले जनकारी दिएको छ । डीयो स्कुटरको विक्री ५० प्रतिशतले बढेको कम्पनीको भनाइ छ ।

अर्काे ब्राण्ड हिरोको बाइक तथा स्कुटरको पनि बिक्रीमा वृद्धि आएको छ । हिरोको एसपल्स २०० सीसी र एस पल्स २०० टी बाइको विक्री बढेको छ । अहिले दैनिक १५ वटासम्म बाइक र स्कुटर विक्री भइरहेको विक्रेताले जानकारी दिएको छ । हिरोको स्कुटरमध्ये प्लेजर प्लस ११० सीसी र डिस्टीनी १२५ सीसीको स्कुटरको माग बढी रहेको कम्पनीको भनाइ छ ।

सुजुकी मोटरसाइकलको बिक्रेता कम्पनी भिजी सुजुकीले विक्री गर्दै आएको बाइकहरुमध्ये जिक्सस् बाइक सबैभन्दा धेरै विक्री भैरहेको छ । सो बाइक दैनिक १५ वटासम्म विक्री हुने गरेको कम्पनीको भनाइ छ ।

सुजुकीको स्कुटरमा सबैभन्दा धेरै वर्गम्यान स्कुटर विक्री भएको छ । कम्पनीका अनुसार दैनिक १६ वटा स्कुटर विक्री भएको छ । अन्य ब्राण्डका मोटरसाइकल तथा स्कुटरको पनि विक्री बढेको व्यापारीले बताएका छन् ।

आक्रामक बजार योजना

सरकारले जारी गरेको लकडाउन जेठ २५ देखि खुकुलो बन्दै गएपछि दुई पांग्रे सवारी साधनको आधिकारिक नेपाली विक्रेताले आकर्षक योजना ल्याएका छन् । यस्ता योजनामा एक रुपैयाँ पनि डाउनपेमेन्ट नगरी बाइक किन्न पाइने स्कीमसम्म छन् ।

सरकारले साढे २ महिनाभन्दा लामो समयदेखि बजार बन्द गराएको कारण केही सहज भएसँगै सवारी साधन विक्रेता आक्रामक ढंगले बजार विस्तारमा लागेका हुन् । सरकारले जारी गरेको लकडाउनको समयमा उद्योग व्यवसायको लागि कर्जाको माग हुन छोडेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि उपभोग कर्जामा बढी केन्द्रीत भएका छन् ।

टीभीएसका बाइकको मासिक किस्ता ९९ रुपैयाँ

टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले सजिलो फाइनान्स सुविधा सहितको स्कीम ल्याएको छ । टीभीएसका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ योजना ल्याएको हो ।

कम्पनीले नगद रकम तिरेर मोटरसाइकल किन्नेलाई १२ हजार र स्कुटर किन्नेलाई १० हजार रुपैयाँ नगद छुटको योजना ल्याएको छ । डाउन पेमन्ट नगरी किन्न पाइने र कर्जाको व्याज तिर्नु नपर्ने जस्ता अन्य योजना पनि कम्पनीले सार्वजनिक गरेको छ ।

डाउन पेमेन्ट नगरी मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले केही महिनाको लागि मासिक ९९ रुपैयाँ मात्र तिरेर अहिलेको अफ्ठ्यारो समयमा मोटरसाइकल किन्न सक्ने छन् । यो योजनामा संगठित क्षेत्रमा काम गर्ने मानिसले मात्र सहभागिता पाउने कम्पनीको योजना छ ।

यस योजनामा मोटरसाइकल तथा स्कुटरको सम्पूर्ण रकम २६ महिनामा तिर्नु पर्ने हुन्छ । सुरुको ४ महिना ९९ रुपैयाँ मासिक किस्ता र त्यसपछि बाँकी २२ किस्तामा सम्पूर्ण रकम भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ ।

शुन्य प्रतिशत व्याज योजनामा ग्राहकले सुरुमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने बाँकी रकम १२ किस्तामा तिर्नु पर्ने हुन्छ ।

यामाहाका बाइक किन्दा डाउन पेमेन्ट नचाहिने, व्याज तिर्दिन भन्न पनि पाइने

यामाहा कम्पनीका मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लुले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत व्याजदर, शुन्य डाउनपेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत गरि तीन योजना छन् ।

लकडाउनका कारण सबै प्रकारका काम बन्दको असहज परिस्थितिमा मोटरसाइकल किन्न चाहने ग्राहकले तीन मध्ये कुनै एक योजना छनोट गर्न सक्ने छन् । यी तीन प्रकारकै योजना यामाहाका सबै प्रकारका मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।

होन्डाका बाइक किन्दा १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ मासिक किस्ता र १ प्रतिशत व्याज

होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत व्याज र १ रुपैयाँ मासिक किस्ताको अफर गरेको छ । यो योजना होन्डाका अधिकांश मोटरसाइकल खरिदमा लागू हुने कम्पनीले जानकारी दिएको छ । तर, यो योजना अनुसार बाइक वा स्कुटर किन्दा निश्चित समयपछि भने तोकिए अनुसारको व्याज र किस्ता तिर्नुपर्छ ।

सुजुकीको मोटरसाइकलमा १५ हजार नगद छुट

सुजुकी मोटरसाइकलको बिक्रेता कम्पनी भिजी सुजुकीले नगद छुटको अफर ल्याएको छ । सुजुकीले एउटा मोटरसाइकलमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो ।

‘उतार चडाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ । कोरोनाको कारण जारी लकडाउनको मोडालिटी परिर्वतन भएसँगै कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो ।

सुजुकीको यो योजना असार १ गतेदेखि लागू भएर असार ३१ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । यो योजनामा मोटरसाइकल किन्ने ग्राहकले नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । ग्राहकले जुनसुकै अवस्थामा मोटरसाइकल खरिद गर्दा पनि यो योजनाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले नगद, एक्सचेन्ज र फाइनान्स जसरी मोटरसाइकल किनेपनि नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

बेनेली मोटरसाइकलमा ३५ हजारसम्म छुट, परिवारकै कोरोना बीमा सित्तैमा

बेनेली नेपालको आधिकारिक शोरुम युनिटी ट्रेडिङले लकडाउन अफर सार्वजनिक गरेको छ । कम्पनीले कोभिड १९ को असरलाई लक्षित गर्दै स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो मोडल अनुसार छुट्टा छुट्टै अफर ल्याएको छ । योजनामा कम्पनीले बेनेलीको सेफ्टी गियर, नगद छुट तथा ग्राहकको परिवारको कोरोना बीमा समेत गर्ने योजना ल्याएको छ ।

बेनेली लियन्सीनो २५० खरिद गर्दा ग्राहकले बेनेलीको ज्याकेट, १ बर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता सुविधा पाउने छन् । लियन्सीनो २५० मोटरसाइकल खरिदकर्ताको परिवारको कोराना बीमा कम्पनीले गरिदिने छ । यसमा कम्पनीले एक्सचेन्ज तथा फाइनान्स सुबिधा समेत उपलब्ध गराउने जनाएको छ ।

यस्तै टीएनटी १५ र टीएनटी १५ आई खरिद गर्ने ग्राहकले दुबै मोडलमा नगद ८ हजार रुपैयाँ छुट पाउने छन् । यसमा १ बर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता अफर रहेका छन् । यो मोटरसाइकल किन्ने ग्राहकको परिवारको कोराना बीमा कम्पनीले गरिदिने छ । यसमा समेत एक्सचेन्ज तथा शून्य प्रतिशत व्याजदरमा फाइनान्स सुबिधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

मिनी मोटरसाइकल टीएनटी १३५ मा ग्राहकले नगद ३५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । एक वर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता अफर यसमा पनि पाउन सकिन्छ । यो मोटरसाइकल खरिदकर्ताको परिवारको कोराना बीमा कम्पनीले गर्ने छ भने ९ वटा फ्रि सर्भिस कुपन तथा एक्सचेन सुबिधा दिने जनाएको छ ।

केटीएम बाइकमा ४० हजार छुट

अस्ट्रियन मोटरसाइकल कम्पनी केटीएमको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी नयाँ स्कीम ल्याएको छ ।

कम्पनीले केटीएम २५० मोटरसाइकलमा नगद ४० हजार रुपैयाँ छुटको योजना सार्वजनिक गरेको हो । यस योजनमा केटीएमको ड्यूक २५० मोटरसाइकल खरिदगर्दा ४० हजार रुपैयाँ नगद छुट पाइने छ ।

बिएमडब्ल्यूका मोटरसाइकलमा ६५ हजार छुट

बिएमडब्ल्यू मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक टर्क मोटर्सले ६५ हजार बराबरको छुट अफर सार्वजनिक गरेको छ ।

बिएमडब्ल्यू मोटरसाइकल किन्नको लागि सजिलै फाइनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । मोटरसाइकल किन्दा बिएमडब्ल्यूको एड्भान्स प्याकेजमा ज्याकेट, टाउजर, ग्लोबस् र विभिन्न एसोसरिजहरु अफर गरिएको छ । यी ग्याजेट्सको मूल्य करिब ६५ हजार रुपैयाँ हुने कम्पनीको भनाइ छ ।

अर्काे योजनामा हेल्मेट, बीमा र ३ वर्षसम्मको बीमा सुविधा कम्पनीले उपलब्ध गराउने छ । यो अफर पनि ६५ हजार रुपैयाँ बराबरकै हुने कम्पनीको भनाइ छ ।

भेष्पा र अप्रिलियाका स्कूटरमा नगद छुट

भेस्पा र अप्रिलिया स्कूटरको नेपालका लागि अधिकारिक बिक्रेता दुगर्ड ब्रोदर एन्ड सन्स पनि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले भेष्पा र अप्रिलियामा नगद ५ हजार रुपैयाँ छुट दिने जनाएको छ । साथै, भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुट म्याट, स्कुटर कभर, किरिङ जस्ता मर्चेन्टडाइज उपलब्ध गराउने जनाएको छ । यसको अलावा कम्पनीले नै दुई वर्षको सडक दस्तुर तिरिदिने योजना ल्याएको छ ।

पल्सर बाइक किन्न आधा ऋण पाइने, व्याज तिर्नु नपर्ने

पल्सर मोटरसाइकल नेपालमै एसेम्बल गरी विक्री गर्दै आएको बजाजले पनि नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनमा पल्सर १५० मोटरसाइकल शून्य प्रतिशत व्याजदरदेखि नगद छुटसम्ममा खरिद गर्न सकिने छ ।

रेगुलर मोडलमा मोटरसाइकल खरिद गर्दा ग्राहकले १२ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद पाइने अर्काे स्कीम पनि छ ।

सम्बन्धित सामग्री

सवारी साधन किन्न खोज्नेलाई सुवर्ण अवसरः मासिक ८ हजार ८ सय किस्तामै नयाँ कार, बाइक पुरै उधारोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.