सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित

  २०७७ असार १४ गते १२:११     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित भएका छन् । असार १३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट केडियालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।

यससँगै, नवनिर्वाचित सञ्चालक केडियाले आगामी ४ वर्षसम्म कम्पनीको आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।

उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ८६ करोड २१ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको अध्यक्ष केडियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.