क्यान्टिनमा भाडा माझ्ने ढकाल अहिले रेष्टुरेन्टकाे मालिक, भन्छन्- हरेस खाइन, त्यसैले सफल भएँ

  २०७७ असार १२ गते १२:१३     विकासन्युज

काठमाडौं । सानो कामलाई ठुलो मान्दै लगनका साथ मिहिनेत गरे सफलता पाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् राकेश ढकाल । सामान्य परिवारमा रसुवामा हुर्किएका ढकालमा आफै केहि गरौं भन्ने भावका साथ राजधानी काठमाडौंमा आए । जस्तो सुकै काम गरेर भएपनि काठमाडौंमै जम्ने रहर उनको थियो ।

त्यहि हुटहुटिले १४ बर्षको कलिलो उमेरमा रसुवाबाट काठमाडौं आई गङगालाल हस्पिटलको क्यान्टिनमा भाडा माझ्ने काम गरे । यहि काममा देखेको लगनशीलताले आज आफै रेष्टुरेन्टका मालिक बनेको छन् राकेश ढकाल ।

काम सानो हुँदो रहेनछ भन्दै उनले भने, ‘जिवनमा धेरै संघर्ष गरे । हरेस खाइन त्यहि कारण आज रेष्टुरेन्ट खोल्न सफल भँए ।’ राजधानी काठमाडौंको शंखमुलमा खानाका पारिखीहरुको स्वादलाई मध्ये नजर गर्दै गएको फागुनदेखि उनले पूर्ण रुपमा ‘बज्यैको सेकुवा’ सञ्चालनमा ल्याउन सफल भए ।

नेपाली चुलोमा पकाएको नेपाली परिकारलाई आफूहरूले मेनुमा प्राथमिकता दिएको उनले बताए । हरेक युवाहरु व्यवसायमा नलागेसम्म मुलुक विकसित नहुने भन्दै उनले लामो समयपछिको अनुभवलाई आत्मसाथ गर्दै आफैले नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए । अनुभवपछि आफै पनि व्यवसाय गर्नुपर्छ भन्ने उदाहरण दिनका लागि आफूले रेष्टुरेन्ट खोलेको उनको भनाई छ ।

कर्नरमा सेकुवा लगायत खसीको भुटन कलेजो लगाएत कुखुराको विभिन्न परिकारहरूको स्वाद ग्राहकवर्गले लिन सक्ने उनले बताए ।

बज्यैको सेकुवा कर्नरले १२ जना कामदारहरूलाई रोजगारी दिन सफल भएको छ । उनले यसबीचमा काठमाडौंका विभिन्न सेकुवा कर्नरहरूमा वेटर देखि मेनेजरसम्म काम गरे । बाजेको सेकुवा, प्रेसिडेन्ट सेकुवामा मेनेजर भई काम गरेको अनुभव यतिबेला उनलाई थप सफलतामा डोराएकाे छ ।

झण्डै १५ वर्ष अन्य ठाँउमा काम गर्दै गर्दा घरायसी बाध्यताका कारण आफुहरुले विदेशका विभिन्न ठाँउका तारे होटलबाट समेत अनुभव बटुल्न सफल भएका छन् उनी ।

भाडा माझ्नेबाट वेटर हुँदै मेनेजरसम्म हुँदा होटल रेस्टुरेन्ट व्यवसायमा धेरै योगदान छ ढकालको । विभिन्न कठिन परिस्थितिहरूमा संघर्ष गर्दै यो अवस्थासम्म आइपुग्दा ढकालले आफ्नो छुट्टै ब्रान्ड स्थापना गर्ने सफल छ । लामो समयदेखि विभिन्न सेकुवा कर्नरबाट विभिन्न परिकार सेकुवाको अनुभव लिएका छन् ढकालले ।

झण्डै ३५ लाख लगानीमा काठमाडौंको शंखमुलमा बज्यैको सेकुवा स्थापना गरेको उनले बताए । ‘देश तथा विदेशका विभिन्न अनुभव समेटेर आफ्नो छुट्टै ब्रान्ड बनाएको छु’ उनले भने- ‘पक्कै ग्राहक मन जित्नेछु । नेपालीपन दिन थप सशक्त बन्नेछु ।’

पूर्ण पारिवारिक वातावरण रहेको सेकुवा कर्नरले आगामी दिनहरूमा आफ्नो ब्राण्डलाई काठमाडौं उपत्यकाको विभिन्न स्थान र उपत्यका बाहिरका मुख्य शहरहरूमा पनि स्थापित गराउने लक्ष्य ढकालको छ ।

राकेश ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.