बुक बिल्डिङ्ग मस्यौदामा बोर्डले माग्यो सबैसँग राय, कहिलेसम्म पेश गर्नुपर्ने ?

  २०७७ असार ८ गते १२:२५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेको छ । संगठित संस्थाले बजारमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्दा मूल्य निर्धारण गर्नकाे लागि बाेर्डले उक्त मस्यौदा तयार पारेको हो ।

सेयरको मूल्य निर्धारण प्रक्रियालाई पारदर्शी तथा प्रतिस्पर्धी बनाउनको लागि थप व्यवस्था गर्न बुक बिल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेको बोर्डले जानकारी गराएको छ ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (संशोधन सहित)को नियम २५ग को प्रयोजनको लागि उक्त निर्देशिका बनाएको हो ।

यस सम्बन्धमा बोर्डले बजारका सबै सरोकारवालाहरुसँग राय सुझाव मागेको छ । यससँगै उनीहरुले आगामी असार १४ गते भित्र बोर्डको इमेल आईडी (यसमा)मा पेश गर्न सक्नेछन् ।

उक्त बुक बिल्डिङ्ग प्रणाली कार्यान्वयनमा आएमा अहिलेको जस्तो प्रतिकित्ता एक सय रुपैयाँमा आईपीओ पाइने व्यवस्था हट्ने छ । बोर्डले आगामी साउनदेखि उक्त प्रणाली लागु गर्ने तयारी गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.