गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ३ सय २४

  २०७७ असार ४ गते १२:१२     विकासन्युज

काठमाडौं । विहीबार गण्डकी प्रदेशमा हालसम्म कै सबैभन्दा धेरै कोरोना ७७ जना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ५:४५ बजे, ८ बजे र ९ बजे गरी तीन पटक जारी गरेको प्रेस विज्ञप्तीमा ७७ जना नयाँ संक्रमित भेटिएका जनाएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयको पछिल्लो सूचनाअनुसार स्याङजामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा आँधिखोला गाउँपालिकामा ७२ र ३४ वर्षीया २ जना महिला तथा १३ र १९ वर्षका २ पुरुष छन् । यसैगरी कालिगण्डकी गाउँपालिकाका १८, २१, २६, ३० र ३३ वर्षीय ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पर्वतमा ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कुश्मा नगरपालिका २० वर्षीय पुरुष, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय २ पुरुष, जलजला गाउँपालिकाका १६ वर्षीय पुरुष रहेका छन् । बागलुङ गल्कोट नगरपालिकाका ३३ वर्षीय एक पुरुषम पनि कोरोना पुष्टि भएको हो । तनहुँको ब्यास नगरपालिकाका ३ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीहरु २९, २५ र ४५ वर्षीय पुरुष हुन् ।

पूर्वी नवलपरासीका १३ जनामा कोरोना पुष्टि भएको छ । १९ देखि ३९ वर्ष समूहका उनीहरु हुप्सेकोट गाउँपालिका र विनयत्रिवेणी गाउँपालिकाका हुन् । संक्रमित सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमित सबै क्वरेन्टाइनमा नै रहेको र सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ जनाएकाे छ ।

विहीबार विहान नै गोरखामा ११ जना, तनहुँमा १२ जना, नवलपरासीमा १८ जना र मनाङमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना देखिएको हो । गण्डकी प्रदेशमा योसँगै कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।  जसमध्ये २२ जना निको भइ घर फर्किसकेका छन् भने १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.