धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु

  २०७७ असार ३ गते २१:४३     विकासन्युज

धनगढी । धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका–४ का ४६ बर्षीय पुरूषको बुधबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

चिकित्सकका अनुसार उनलाई कोरोनाको लक्षण देखिएको १२ दिनभन्दा बढी भइसकेको थियो । उनी बस मालिक हुन् । भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर विभिन्न स्थानमा पु¥याउने क्रममा उनी संक्रमित भएका थिए ।

उनी कहिले आफैं बस चलाउथे । कहिले बसको क्याविनमा चालकसंगै बस्थे । त्यही क्रममा उनी संक्रमित भएको बताइएको छ ।

उनलाई उपचारका लागि काठमाण्डौं लैजाने तयारी भइरहेको थियो । खराव मौसमका कारण आज नेपाल वायु सेवा निगमको सानो जहाज काठमाडौंबाट धनगढी आउन सकेन । बिहीबार उनको उद्धारका लागि निगमको सानो जहाज धनगढी आउँदै थियो । तर, अरुको उद्दार गर्दा गर्दै संक्रमित भएका उनको भने उद्धार हुन नपाउँदै मृत्यु भयो ।

योसंगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ । यसअघि कैलालीकी दुई महिला र बाजुराकी एक बालिकामा मृत्युपछि कोरोना पुष्टि भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.