थप ५ सय ८६ जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ७१ सय नाघ्याे

  २०७७ असार ३ गते १६:२२     विकासन्युज

काठमाडाैं । नेपालमा थप ५ सय ८६ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ५  सय ८६ जनामा कोराेना भाइरस देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ७ हजार १ सय ७७ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ सय ६७ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २० जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म १ लाख ४९ हजार ७ सय ७२ काे पिसिआर विधि र २ लाख ३३ हजारकाे ५ सय ४३ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन

क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ? 

हाल देशभर १ लाख २५ हजार ७ सय ९८ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ९ सय ९० जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.