कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ असार २ गते ६:०९     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८१ लाख ८ हजार ६ सय २८ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ३८ हजार ५ सय ८३ जनाको मृत्यु भइसकेको छ भने ४१ लाख ८८ हजार २ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १८ हजार २ सय ८२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २१ लाख ८२ हजार ९ सय ११ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ४३ हजार २६ पुगेको छ भने अहिलेसम्म ९ हजार ९ सय १५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ६ हजार २ सय ११ जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार ४१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.