शनिबार थप १९ जनामा काेराेना, बाँकेमा संक्रमितकाे संख्या ३ सय १५

  २०७७ जेठ ३१ गते १८:३१     विकासन्युज

काठमाडाैं । बाँकेमा कोरोना संक्रमितकाे सङ्ख्या ३ सय १५ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा आज बाँकेका १९ जनामा कारोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए  ।

राप्तीसोनारी गाउँपालिका वडा नं ५ का तीन पुरुष, वडा नं ९ का एक पुरुष र एक महिला तथा वडा नं ८ का १० पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै २० देखि ६० वर्ष उमेर समूहका रहेका छन् । त्यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं १ का २३ र ४० वर्षीय पुरुष तथा खजुरा– ६ का ३० वर्षीय पुरुषमा समेत कोरोना सङ्क्रमण देखिएको जानकारी दिए ।

गत वैशाख १९ गते नेपालगञ्जदेखि शुरु भएको संक्रमणकाक्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी हुँदै कोहलपुर नगरपालिकासम्म पुगेको छ । बाँकेका सबै पालिकामा कोरोना फैलिसकेको छ ।

नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जाने गरी सबैभन्दा धेरै १ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी जानकी गाउँपालिकामा ४१, नेपालगञ्ज उपमहानगरपालिकामा ३९, राप्तीसोनारी गाउँपालिकामा ४७, डुडुवा गाउँपालिकामा २५, वैजनाथ गाउँपालिकामा १४, खजुरा गाउँपालिकामा २७ र कोहलपुर नगरपालिकामा चार जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये १ सय ७० जना उपचार पछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.