कतारबाट नेपाल फर्कनेकाे सूची सार्वजनिक, पहिलाे चरण ५ हजार बढी आउँदै

  २०७७ जेठ ३१ गते १३:४०     विकासन्युज

काठमाडौं । कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीको सूची दोहास्थित नेपाली दूतावासले सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमा रोजगारीको अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउनका लागि पहिलो चरणको सूचीतय गरेको जनाएको छ ।

श्रम अवधि सकिएको, रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी, आफन्तको मृत्यु पछिको संस्कारमा लागि आउनु पर्ने, वेतलबी विदामा बसेका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखेको छ ।

फर्किने सबै व्यक्तिहरुको उडान अनुमति प्रक्रिया पुरा गरेर मात्र नेपाल ल्याउने व्यवस्था छ । जसमा कोरोना संक्रमण नभएको हुनु पर्नेछ । संक्रमित विरामी कुनै देशबाट पनि नेपाल आउन नपाउने व्यवस्था सरकारले लागु गरेको छ ।

त्यस्तै आममाफी पाएका डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको दूतावासले जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सका २ उडानहरु १६ र २० जुन त्यस्तै हिमालय एयरलाइन्सका १७ र २२ जुन मा हुने २ उडानमार्फत नेपालीहरु नेपाल फर्किने छन् । हवाई भाडा व्यक्ति आफूले नै तिर्नु पर्ने व्यवस्था छ । प्रति टिकट ४ सय ९० अमेरिमी डलर भाडादर सरकारले तोकेको हो । यस अगाडी सरकारले उडान भाडा ५ सय अमेरिकी डलर तोकेको थियो । शुक्रबार सरकारले सबै देशकाे भाडादर थाेरै घटाएकाे छ ।

नेपाल आउँन सबैभन्दा बढी भाडा लण्डनमा रहेका नेपालीले तिर्नुपर्ने, कुन देशमा रहेकालाई कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.