नेपालमा थप ४ सय ४८ जनामा देखियो कोरोना

  २०७७ जेठ ३० गते १६:२५     विकासन्युज

काठमाडौं । नेपालमा थप ४ सय ४८ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४ सय ४८ जनामा कोरेना भाइरस देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये ४ सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ५ हजार ६२ रहेको छ ।

त्यस्तै, शुक्रबार कूल १६ जना काेराेना बिरामी डिस्चार्ज भएका छन् । जसमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । हालसम्म कूल ८ सय ७७ जना निकाे भएर घर फर्केका छन् । जसमध्ये ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

सम्बन्धित समाचारः

काठमाडौंको एक महिलामा पनि कोरोना देखियो, आज कुन जिल्लामा कति संक्रमित ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.