मन्त्रिपरिषद्को निर्णय सहरानीय, कर तिर्ने समय पनि बढाई दिने चेम्बरको विश्वास

  २०७७ जेठ २९ गते १८:५०     विकासन्युज


काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बुधबार बसेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णस सहरानीय रहेको जनाएको छ ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने र भोलिदेखि काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा चलाउन पाइने, पसल सञ्चालन गर्न दिइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय सहरानीय रहेको चेम्बरले प्रतिकृया दिएको छ ।

यससँगै सरकारको निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाएर जस्तै माक्सको उचित प्रयोग गरेर, सेनिटाइजर र सोसल डिस्ट्यान्सको पलना गरेर कामहरु गर्दै जाने चेम्बरले जनाएको छ ।

काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा चलाउन पाइने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ । यसमा जोर गते जोर नम्बर भएका र बिजोर गते विजोर नम्बर भएका निजी सवारी चलाउन पाइनेछ । यसमा मोटरसाइकलमा चालक मात्र र अन्य जुनसुकै निजी सवारी साधनमा चालक सहित बढीमा तीनजना सवार हुन पाइनेछ । यी सबैका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूरा गरेको हुनु पर्नेछ ।

अहिले जसरी सरकारले उपत्यकालाई सिल गरेर बचाइ राखेको छ, त्यसरी अगाडि पनि बचाइ राख्नु पर्छ । राति राति उपत्यका बाहिरबाट मान्छेहरु आउँने कुरा छ, त्यसलाई पनि रोक्नु पर्ने चेम्बरले बताएको छ । साथै, देशभर साइकलयात्री र पैदलयात्रीलाई हिँड्ने दिने, कृषि, उद्योग, दुग्ध ढुवानीलाई निरन्तरता दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यसै गरेर पसल सञ्चालन गर्न दिने, पीसीआर परीक्षणको दायरा बढाउने, संक्रमित धेरै देखिएको ठाउँमा सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहका बीच प्रदेश सरकारले समन्वय गर्ने र देशभरका क्वारेन्टाइनको स्तरोन्नती गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

त्यस्तै, सरकारले भ्याटको, कर तिर्ने समयलाई पनि बढाई दिने चेम्बरको विश्वास रहेको छ । साथै राजस्व सम्बन्धि सबैलाई सुविधा गर्न हुने अनुरोध गर्दै अब आउँने यी असारमा स्थानिय तहले पनि सबै करदेखि स्थानिय करमा सुविधा सहुलियत छुटहरु दिने विश्वास रहेको चेम्बरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.