८० दिन देखि ठप्प रहेको व्यापार सुरु

  २०७७ जेठ २९ गते १४:५२     विकासन्युज

काठमाडौं । लकडाउनको कारणले ८० दिन देखि बन्द रहेको व्यापार आजबाट खुल्न थालेका छन । हिजोको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई व्यवस्थित बनाउने निर्णय गरेसँगै व्यापार व्यवसाय निर्वाध खुल्न पाउने भएका हुन् ।

सरकारले विहिबार देखि जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसगँै बजारमा चहलपहल बढ्न थालेको हो । लकडाउनको समयमा पनि कृषि, उद्योग, दुग्ध व्यवसाय र अत्यावश्यक वस्तुको ढुवानी सञ्चालनमा नै थियो । आज देखि सबै किसिमको पसल सञ्चालन हुन थालेका छन् । पसलहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड भने पुरा गर्नुपर्नेछ ।

लकडाउनकै समयमा व्यवसायीले पसल सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । सरकारले लकडाउनकै समयमा कर उठाउने निर्णय गरेपछि व्यापारीले पसल खोल्न थालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.