लकडाउनको समयमा मोबाइल फोन बिग्रियो ? चिन्ता नगर्नुस् साथी आउँदैछ

  २०७७ जेठ २८ गते १५:०६     विकासन्युज

काठमाडाैं । लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ। राइड सेयरिङ्ग एप साथीमार्फत एपमार्फत अब ग्राहकहरुको घरदैलोमा नै मोबाइल फोनको पिकअप र ड्रप सर्भिस सेवा शुरु गरिएको हो ।

कोभिड १९ महामारीले गर्दा देशभर लकडाउनको अवस्था रहेको र संक्रमणबाट बच्नुपर्ने साथै सुरक्षित हुनुपर्ने अवस्थालाई मध्यनजर गरेर भर्खरै संचालनमा आएको राइड सेयरिङ्ग एप साथीले मोबाइल फोन पिकअप र ड्रप गर्ने नयाँ सेवा शुरु गरेको हो ।

विभिन्न मोबाइल कम्पनीहरुका सर्भिस सेन्टरहरुसँगको सहकार्यमा वारेन्टी भएका तथा वारेन्टीनभएका मोबाइल फोनहरु घर तथा कार्यालयबाट लिएर मर्मत पश्चात फेरी सोहि स्थानमा पुर्याउने सेवा थप गरेको छ । नयाँ सेवा अन्तरगत कुनैपनि ब्राण्डका मोबाइल फोनहरु मर्मत तथा संभार गर्न गराउन अब सहज हुने भएको छ ।

यस एपलाई डाउनलोड गरी मोबाइल पिक एण्ड डेलिभरी सर्भिसमा क्लिक गरि बिस्तृत जानकारीहरु राखेर पिकअप सर्भिसको लागि अर्डर गर्न सकिनेछ । हालका लागि यो सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड भित्र मात्र उपलब्ध रहेको छ भने केहि सयमपछि रिङ्गरोड बाहिरका स्थानहरुका साथसाथै देशभर क्रमश सेवा बिस्तार गरिनेछ ।

मोबाइल फोनको मर्मतको शुल्क लाग्ने भएमा ग्राहकहरुबाट लिएर सम्बन्धित मर्मत तथा सर्भिस सेन्टरहरुमा भुक्तानी गर्ने व्यवस्था राखिएको छ भने त्यसबाहेक पिकअप तथा ड्रपको लागि न्यूनतम ३५ रुपैयाँबाट यो सेवा लिन सकिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका कार्यकारी अधिकृत विक्रान्त रेग्मीले कोभिड-१९ को महामारीले लकडाउनको अवस्था रहेको र मानिसहरुबिच संक्रमण फैलन सक्ने हुँदा मोबाइल प्रयोगकर्तालाई सुरक्षित बनाउन यो सेवा शुरु गरेको जानकारी दिए ।

‘हामीले सबैलाई घर वा कार्यालयबाटै मर्मत तथा सर्भिस सेन्टरको सुबिधा लिन सकिने गरि सुरक्षित साथ सेवा दिनेछौं । यसले गर्दा सबैजना भिडभाडमा जानु नपर्ने तथा मर्मतपछि मोबाइल समेत समयमा नै उपलब्ध हुनेछ,’ कार्यकारी अधिकृत रेग्मीले भने ।

यस एपको अन्य मुख्य फीचर भनेको राईड सेयरिङ्गका लागि बाईक, स्कूटर र ट्याक्सी बोलाउन सकिनको साथै विभिन्न यात्राको लागि रिजर्भेशन गर्न सकिने छ ।

यसका साथै निकट भविश्यमा अफिसका कर्मचारीहरुलाई कार्यालयबाट घरसम्म ल्याउन र पुर्याउने सेवा समेत आउँदैछ । जसमा बस, माइक्रोबस, कार, जिपद्धारा घरबाट कार्यालय पुर्याउने र पुन घरमा नै ल्याउने सेवा हुनेछ ।
हाल यो साथी एप गूगलको प्लेस्टोरमा उपलब्ध रहेको छ भने केहि समयपछि एप्पलको एप स्टोरमा समेत उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.