नेत्रहीन संघका अध्यक्ष रावलद्वारा क्वारेन्टाइनमा बसेकालाई सहयोग

  २०७७ जेठ २६ गते २०:५४     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम प्रदेश नेत्रहिन संघका अध्यक्ष तथा सामाजिक अभियान्ता अर्जुन रावलले कैलालीको लम्किचुहा नगरपालिका वडा न. ६ का विभिन्न विद्यालयमा क्वारेन्टाइनमा बसेका मानिसलाई सहयोग गरेका छन्।

उनले सोबार नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुको क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई खाद्यान्न सहयोग गरेका हुन् । रावलले नगरपालिकाको सेती होलि ल्यान्ड बोर्डिङ स्कुल, ओम न्यु स्टार पब्लिक बोर्डिङ स्कुल र जनहित बाल प्रा.विमा बनाइएका क्वारेन्टाइनमा बसिरहेकाहरुलाई खाद्यान्न सहयोग गरेको बताएका छन् ।

सामाजिक कार्यमा सक्रिय रावलले उनीहरुलाई ६ क्यारेट अण्डा र १८ केजी चना सहयोग गरेका हुन् । यसका साथै क्वारेन्टाइनमै बसिरहेका गर्भवती तथा बालबालिकाहरुलाई पोषणयुक्त खानाको अभाव नहोस् भनेर प्रतिदिन साढे ८ लिटरका दरले एक हप्ता सम्म दूध प्रदान गर्ने प्रतिबद्धता समेत उनले गरेका छन् ।

उनले कोरोेना भाइरसको विपत्तको समयमा सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि सबैलाई आग्रह गरे । नेत्रहिन युवा संघका केन्द्रिय सदस्य समेत रहेका उनी लामो समयदेखि सामाजिक कार्यमा खटिरहेका छन् ।

रावलले युवाहरु समाजको सम्वाहक भएकाले प्रसंग जाेड्दै देशको परिवर्तन र आफु आत्मनिर्भर हुने काम युवाबाट सम्भव हुने भएकोले अब युवाहरु नै मिलेर केही परिवर्तन गर्न आवश्यक भएको बताए ।

कोरोना महामारीको कारण धेरै युवाहरु बेरोजगार हुने समस्या पनि बढ्दै गएकोले अब युवाहरुले स्वेदमै आत्मनिर्भर हुने खालका काम गर्नुपर्ने उनको धारणा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.