कर्णाली प्रदेशका थप ७ जना कोरोनामुक्त

  २०७७ जेठ २४ गते १०:५६     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेशका ७ जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् ।

दास्राे परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पतालले जनाएकाे छ । कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका १ र ६ जना सुर्खेतको रहेका छन् ।

काेराेनासँगकाे लडाइ जितेर घर फर्किनेमा वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षीय लक्ष्मण राना, वडा नं ४ का ३७ वर्षीय धनबहादुर बस्याल, वडा नं ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन् । त्यस्तै एक महिला पनि काेराेनामुक्त भएकाे अस्पतालले जनाएकाे छ ।

कर्णाली प्रदेशमा हालसम्म ४ सय ८९ जनामा काेराेना पुष्टि भएकाे छ भने २ जनाकाे मृत्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.