सीमा विवाद वारे आज छलफल गर्दैछन् भारत र चीन

  २०७७ जेठ २४ गते ८:४९     विकासन्युज

काठमाडौं । गत एक महिना देखि भारत र चीनका बीच चलिरहेको सीमा विवादलाई अन्त्य गर्नका लागि आज दुवै देशका बीच लेफ्टिनेन्ट जनरलस्तरको छलफल हुन गइरहेको छ ।

भारत र चीनका बीच वास्तविक नियन्त्रण रेखाको नजिक चुशूल–मोल्दोमा स्थित भारतीय बोर्डर प्लाइन्ट मिटिंग हटमा हुने आजको छलफल भारतको पहलमा हुन लागेको हो ।

उक्त दुवै देशका सैनिकहरु बीच पहिले पहिले तीन वर्षमा एकपटक जस्तो भिडन्त हुने गरेकोमा अहिले एक वर्ष भित्रैमा तीन पटकसम्म पनि झडपका घटना बाहिरिएका छन् ।

सीमा नजिक भारतद्वारा सडक बनाएको प्रति चीनले चित्त नबुझाउनु नै सो तानातानीको प्रमुख कारण मानिएको छ । भारत र चीन दुवैले करीब १ लाख ३० हजार वर्ग किलोमिटर क्षेत्रलाई परस्पर दावी गर्दै आइरहेको बताइएको छ ।

यी दुवै देशहरु आफ्नो आफ्नो क्षेत्रको १ इन्च मात्र पनि जमीन नछोड्ने अडानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.