तरकारी फलफूलकाे ढुवानीमा अवराेध सिर्जना गर्नेलाई कारवाही गर्छाैं : गृह मन्त्रालय

  २०७७ जेठ २२ गते १९:३६     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले  तरकारी, फलफूललगायतका उत्पादन संकलन, ढुवानी र बिक्री, वितरणमा स्थानीय प्रशासनबाट अवराेध सिर्जना नगर्न बताएकाे छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै गृहले यस्ता सामाग्रीकाे बिक्री वितरणमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नगर्न सचेत गराएको हो । यसमा कसैले अवरोध सिर्जना गरे जो कोही दण्ड सजायको भागिदार हुनुपर्ने गृहले जनाएकाे छ ।

विज्ञप्तिमा सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आयात हुने तरकारी फलफूललाई ढुवानीमा सहजीकरण गर्न आग्रह गरिएकाे छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.