इन्धनकाे मूल्य सस्ताे भएसँगै बुद्ध एयरले भाडा घटायाे, यस्ताे छ भाडादर

  २०७७ जेठ २२ गते १७:५३     विकासन्युज

काठमाडाैं । हवाई इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ। बुद्धले गन्तव्यअनुसार २ सय २५ देखि १ हजार १ सय ५ रुपैयाँसम्म भाडादर घटाएको जानकारी दिएको छ।

केही समयअघि नेपाल आयल निमगले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो। त्यस्तै बजेट मार्फत् सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर पनि हटाइदिएको थियो।

समग्रमा इन्धनको मूल्य घटेपछि बुद्धले सोहीअनुसार भाडा समायोजन गरिएको जानकारी दिएको छ।लकडाउनका कारण उडान बन्द भएपनि खुल्नेवित्तिकै उडानका लागि सबै तयारी पुरा गरिएको जानकारी दिएको छ।

घटेकाे भाडादर:

माउण्टेन फ्लाइट    – ८६०
काठमाडौं– भरतपुर– २७०
काठमाडौं – पोखरा – ३९५
काठमाडौं – विराटनगर–६००
काठमाडौं – जनकपुर– ३२०
काठमाडौं – सिमरा –२२५
काठमाडौं – भैरहवा –५१५
काठमाडौं – धनगढी–११०५
काठमाडौं – नेपालगञ्ज –८१५
काठमाडौं – भद्रपुर– ७५०
काठमाडौं – तुम्लिङटार –४६५
विराटनगर – तुम्लिङटार –२७०
पोखरा माउण्टेन फ्लाइट–७८५
पोखरा – भरतपुर–२८०
पोखरा – भैरहवा –३२५
काठमाडौं – राजविराज –५१०
काठमाडौं – सुर्खेत –८६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.