थप तीन सय ३४ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितकाे संख्या २६ सय नाघ्याे

  २०७७ जेठ २२ गते १६:३६     विकासन्युज

काठमाडौं । बिहिबार ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप ३ सय ३४  जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या २६ सय ३४ पुगेकाे छ जसमा २ सय ९० जना निकाे भएका छन् र १० जनाकाे मृत्‍यु भईसकेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.