आज मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् छलफल हुने विषयवस्तु

  २०७७ जेठ २२ गते ११:०२     विकासन्युज

काठमाडाैं । बिहीबार बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएकाे हाे ।

आज बस्ने बैठकमा विविध विविध विषयवस्तुमा छलफल हुने बताइएकाे छ ।  बुधबार प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य विज्ञ, अर्थविद, योजना आयोगका पूर्व प्रतिनिधिहरुसँग गरेको छलफलका आधारमा लकडाउन परिमार्जनका विषयमा केही निर्णय हुनसक्ने बताइएकाे छ ।

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले नियमित कार्यसूचीमाथि छलफल हुने जानकारी दिएका छन् । हिजै स्वास्थ्य मन्त्रालयले होम क्वारेन्टिनसम्बन्धी निर्देशिका पनि जारी गरिसकेको छ । अब सरकारले कोरोना सङ्क्रमित पुष्टि भएका लक्षण देखिएका बाहेकलाई घरमै क्वारेन्टिन राख्न सकिने र त्यसमा स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने निर्देशिका जारी गरेको छ ।

त्यस्तै मन्त्रालयले शव व्यवस्थापन सम्बन्धी कार्यविधि पनि संशोधन गरेको छ । यसमाथि पनि छलफल हुनेछ । आजको बैठकमा मूलतः स्वास्थ्य इमरर्जेन्सीकै बारेमा छलफल केन्द्रित हुने बताइएकाे छ । बुधबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन घोषणासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा लैजाने निर्णय गरेको थियो ।

कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेपछि स्वास्थ्य आपतकालीन घोषणा गर्ने मन्त्रालयको नीतिलाई कार्यरूप दिन लागेको स्रोतले बतायो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.