ब्राजिलमा दैनिक कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

  २०७७ जेठ २१ गते ६:४३     विकासन्युज

काठमाडौैं । ब्राजिलमा एकै दिन फेरि १ हजार २ सयभन्दा बढी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पुगेको छ । विश्वमा सबैभन्दा कोरोना संक्रमण हुने दास्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टा यता १ हजार २ सय ३२ जनाको मृत्यु भएको छ भने २७ हजार २ सय ६३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

उच्च कोरोना संक्रमण भएको अमेरिका पछि दोस्रो स्थानमा रहेको ब्राजिलमा ५ लाख ५६ हजार ६ सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । त्यस्तै ३१ हजार २ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

ब्राजिलको सबैभन्दा ठूला आदिवासी समुदायमध्ये एक यानोमामीका धेरै सदस्यको मृत्यु पछि खानीमा काम गर्नेहरूलाई हटाउने माग गरिएको छ । यानोमामी समुदायका मानिसहरू बाहिरी व्यक्तिहरूलाई उनीहरूको बसोबासको क्षेत्रबाट टाढा रहन चाहेकाे कुरा विदेशी संचारमाध्यममा आएका छन् ।

पान अमेरिकी स्वास्थ्य संगठनले सरकारले भाइरस रोक्नको लागि अझै पर्याप्त कदम चालेको छैन भन्छ । पीएचओले सरकारलाई यो भाइरस रोकथाम गर्न नदिएका प्रतिबन्धहरूलाई शिथिल नगर्न चेतावनी दिएको छ ।

पीएएचओले भनेका छन कि यो ब्राजिलियालीहरुलाई हुने खतराको बारेमा चिन्तित छ । संगठनले आदिवासी समुदायहरूको अझ राम्रो अनुगमन हुनुपर्ने भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.