फेसबुकमार्फत पनि सवारी पासका लागि आवदेन गर्न सकिने, यस्ताे छ तरिका

  २०७७ जेठ २० गते १५:१२     विकासन्युज

काठमाडाैं । अब फेसबुक तथा इमेलफेसबुकमार्फत पनि सवारी पास पाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले मंगलबार एक सुचना जारी गर्दै साे कुरा बताएकाे हाे ।

सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले आजदेखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको ईमेल र फेसबुक पेजमा पठाउन कार्यालयले अनुराेध गरेकाे छ ।

सवारी पासका लागि कार्यलय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले यहि जेठ २१ बाट सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन र पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

त्यस्तै, काठमाडौ प्रशासनले अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ । यसअघि त्यस्ता पास सात दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । तर अव भने नवीकरण गरिरहनु नपर्ने भएको छ ।

One comment on "फेसबुकमार्फत पनि सवारी पासका लागि आवदेन गर्न सकिने, यस्ताे छ तरिका"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.